सडकको सरुवामा सचिव निरीह बनेको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/गत भाद्र २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौजना प्राविधिक सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) र ६१ जना उपसचिव तथा अधिकृतहरुको सरुवा गरेको छ । प्राविधिक सहसचिव (सुई) हरुको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बाँकी ६१ जना प्राविधिक कर्मचारी सिडिई तथा इन्जिनियरहरुको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए । मन्त्रीले गरेको सु.ई.को सरुवामा सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यलाई अवकाश हुन केही महिना मात्र बाँकी हुँदा राजनीतिक दबाबमा परेर सरुवा गरिएको चर्चा चलेको छ ।
यता, सचिव शर्माले सरुवा गर्ने अधिकार पाएका सिडिईहरुको सरुवामा पनि व्यापक हस्तक्षेप हुँदा ७० प्रतिशत सचिवले सरुवा गरेको जानकारहरुले बताएका छन् । त्यसैले सरुवामा सचिव निरीह र विवादित बनेको सडक विभागमा पीडितहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । सिडिईहरुको सरुवा पनि एउटै निणर्यमा घुसाएको भए सचिव विवादमुक्त हुन्थे तर चतुर, पारदर्शी र नियमकानूनको पालना गर्ने सचिव किन र कस्को दबाबमा परेर चुके भन्ने बहस चलेको छ ।
यस्तै, कम्युनिष्ट मन्त्रीले गरेको सरुवामा केही लोकतन्त्रवादी सिडिईहरु र इन्जिनियरहरुले राहत महशुस गरेका छन् । उनीहरुलाई मन्त्री निकट मानिएका र सरुवामा हावी भएका व्यक्तिहरुले न्याय गरेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *