इन्द्रजात्राले सवारी आवागमन प्रभावित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ इन्द्रजात्राको दिन अर्थात विहीबार काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ ।
यसैगरी काठमाडौं महानगरले बिहीबार वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरुहुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

यसैगरी आज शुक्रबार वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोकाहुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । यसैगरी असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखनहुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको महानगरले जनाएको छ ।
वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *