भौतिक मन्त्री ज्वाला पनि असफलको सूचीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारमा गएकाहरुमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि असफल मन्त्रीमा दर्ता भएका छन् । सुशासन र सुधारको भाषण दिने मन्त्री प्रकाश ज्वाला विदेश भ्रमण, उद्घाटन र रिवन काट्नमै व्यस्त भै समय विताई रहेका छन् ।
पूर्वाधार क्षेत्रको विकासमा सिन्को नभाँच्दा सडकहरु अस्तव्यस्त मात्रै नभै सास्ती बनेका छन् । नागढुंगा–नौबीसे, नारायणघाट–बुटवल, मुग्लिङ, पोखरा सडकमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न बाध्य छन् । प्रायः मन्त्रालय बाहिरै रमाउने मन्त्री ज्वाला मन्त्रालय आएपछि एमाले, माओवादी र नेकपा एसका नेता तथा कार्यकर्ताहरुको घेराबन्दीमा पर्ने गरेका छन् ।
मन्त्रालयले गर्ने सिडिई, इन्जिनियर र अस ओभरसियरको सरुवा मन्त्रीका भतिजाद्वय सन्तोष वि.सी., जीवन विसी, सिडिई नारायण लामिछाने तथा दुईजना सुईहरुको सल्लाह बमोजिम भएको मन्त्रालय श्रोतले बताएको छ । हालै गरिएको दुई सय ५० जना इन्जिनियर र सब ओभरसियरहरुमा विभागका महानिर्देशकलाई साक्षी मात्र बनाइएको चर्चा चलेको छ । मन्त्रीको कार्यकक्षमा लोकतन्त्रवादीहरुलाई प्रदेश निषेध गरिएको छ ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निकट मानिएका मन्त्री ज्वालाले अध्यक्ष माधवकुमार नेपाललाई टेरपुच्छर नलगाउने बताइएको छ । गत २०७९ चैत १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री ज्वालाले पछिल्लो पटक संविधान दिवसको दिन असोज ३ गते रत्नपार्क–सूर्यविनायक द्रुत बसको उद्घाटन गरी चीन भ्रमणमा गएका थिए । जनसरोकारका महत्वपूर्ण मनत्रालयको जिम्मेवारी पाएका मन्त्री ज्वालाको कार्यशैलीप्रति सबै रुष्ठ बनेको जानकारहरुले बताएका छन् ।
यसैवीच लगातारको वर्षाले क्षतीग्रस्त बनेका राजधानी लगायत बाहिरी जिल्लाका सुरुङहरुको मर्मत र खाल्डाखुल्डी दशैं अगावै पुरिसक्ने मन्त्री ज्वालाको वाचा हालै गरिएको इन्जिनियर र सव ओभरसियरहरुको सरुवाका कारण पूरा नहुने भएको छ । सरुवा भएकाहरु पुरानो कार्यालयमा काम नगर्ने र नयाँमा जान समय लाग्ने भएपछि फिल्डमा काम गर्ने इन्जिनियर र ओभरसिएरहरुको कारण मन्त्रीको वाचा पूरा नहुने जानकारहरुले बताएका छन् ।
महान चाड दशैं तिहारमा घर फर्किनेहरु बाटोकै कारण समस्यामा पर्ने देखिएको छ । मन्त्री ज्वालाले प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा आफ्नो मन्त्रालय अन्तर्गत पर्ने सडकका खाल्डाखुल्डी दशैं अगाडि नै पुर्ने बताएका थिए । चाडपर्व लक्षित सडक पनि मर्मत शुरु नभए पनि शुरु भै सकेको भन्दै ढाँटेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *