नेपाल टेलिकममा अब को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १६ गते मुद्दा दायर गरेको हो । डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि पौडेल २०७८ चैत्र २७ गते टेलिकमको प्रबन्ध निर्देशक बनेका थिए ।

तात्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की (हाल ने.का. सांसद) लाई थैली बुझाएर पौडेल टेलिकमको प्रबन्ध निर्देशक बनेका भन्ने आरोप लाग्दै आएको हो । पेमेन्ट गेटवे खरिदमा भएका भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनालाई मुद्दा दायर गरेको छ ।

पौडेललाई २३ करोड ७७ लाख जरिवाना र १३ वर्ष कैदको माग दाबी गरिएको छ । अत्यन्त विवादास्पद पृष्ठभूमिका पौडेल सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदमा भ्रष्टाचारमा मुछिएका विकल पौडलका खास साझेदार बताइन्छ । उनी टेलिकममा आएपछि टेलिकमको ओरालो यात्रा शुरु भएको जानकारहरुले बताएका छन् । बिलिङ्ग प्रणालीमा समस्या, टेलिफोनको गुणस्तर र नाफा निरन्तर घट्दै गए पनि प्रबन्ध निर्देशक पौडेलले ध्यान नदिई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित भएको श्रोतले जानकारी दिएको छ ।

वामपन्थी र हामपन्थी पृष्ठभूमिका पौडेललाई एमाले नेता गोकुल बास्कोटाले केन्द्रको कार्यकारी निर्देशक र कार्कीले टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए । टेलिकममा २९ वर्षदेखि कार्यरत ११ औं तहकी अधिकृत संगीता पहाडीलाई प्रबन्ध निर्देशक नबनाएर तात्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले पैसाका लागि विवादित व्यक्ति पौडेललाई रोजेका आरोप त्यो बेला नै लागेको थियो । अब ११ औं तहकी पहाडी प्रबन्ध निर्देशक बन्ने चर्चा चलेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *