दशैंमा घर जानेलाई समयमै सडक नबन्दा सास्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दशैं, तिहार र छठजस्ता चाडपर्वहरु नजिकिँदै गर्दा घर फर्कनेहरुले धमाधम टिकट बुकिङ गराउन थालेका छन् । सडकको निमर्माण गर्ने जिम्मेवारी पाएको सडक विभागलाई भने इन्जिनियरहरुको सरुवाले रुनु र हाँस्नु बनाएको छ ।
सडक विभागका महानिर्देशकको अधिकार क्षेत्र भित्र पर्ने इन्जिनियरहरुको सरुवा अझैं पूर्णरुपमा नभैसकेको जानकारहरुले बताएका छन् । कतिपयले सरुवाको पत्र बुझिसकेका छन् भने कतिपय इन्जिनियर र सवओभरसियरहरु शक्तिकेन्द्रमा धाइरहेको चर्चा चलेको छ । साइडमा हुनुपर्ने इन्जिनियरहरु र सव ओभरसियरहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग बबरमहलमा केन्द्रित भएका छन् ।
इन्जिनियरहरुको सरुवामा विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई असफल बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल भएको व्यापक चर्चा चलेको छ । सालीन र भद्र प्रवृत्तिका महानिर्देशक ढकाललाई असफल बनाएर आफू डिजी बन्न चाहेको श्रोतले बताएको छ ।
सरुवा र भरुवा जे भए पनि दशैंमा घर फर्कनेहरुका लागि नागढुंगाबाटै यात्रा कष्टकर हुनेछ । नागढुंगा–नौबीसे सडकको कष्टकर यात्रा पार भएपछि नारायणघाट–बुटवल र मुग्लिन–पोखराको बाटो भएर यात्रा गर्ने यात्रुहरुले कुकुरले नपाउने दुःख पाउनु पर्ने अवस्था छ ।
मन्त्रालय र विभागले जति ढोल पिटे पनि डम्फु बजाए पनि बर्षाले क्षति पु¥याएको सडकको खाल्डाखुल्डी टालटुल हुन सकेको छैन । कछुवा गतिमा बनिरहेको नारायणघाट–बुटवल खण्डमा पूर्वतर्फ आशिष थापा मगर र पश्चिम खण्डमा शशांक मिश्र आयोजनाको प्रमुख छन् । यी दुबैजना कार्यक्षमता कमजोर भएको योजना प्रमुखका रुपमा लिइने विभाग श्रोतले बताएको छ ।
यता मुग्लिङ–पोखरा सडक खण्डको पूर्वतर्फको योजना प्रमुख सडक खण्डको पूर्वतर्फको योजना प्रमुखमा श्याम यादव र पश्चिमतर्फ राजेश पौडेललाई हालै सरुवा गरेर पठाइएको छ । त्यो बाटो पनि लगभग उस्तै छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *