सञ्चारमन्त्री नेपाल टेलिकम प्रति अनुदार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेल हाल निलम्बनमा परेका छन् । पौडेललाई पेमेन्ट गेटवे खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरी मुद्दा चलाएको हो ।
उनी निलम्बनमा परेपछि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी अर्यालले सम्हालेकी छन् । नेपाल टेलिकममा पौडेल आएपछि राजश्व घट्दै गैरहेको छ । आ.ब. २०७९÷०८० को राजश्व टेलिकमको भन्दा एनसेलको बढी छ । खासगरी टेलिकमका प्रबन्ध निर्देशक पौडेलले अन्तर्राष्ट्रिय कललाई बाहिरै सेटल गरी नेपालमा आम्दानी नदेखाउने गरेका बताइएको छ ।
यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र टेलिकम बोर्डको निर्देशन विपरित १० वर्ष पुरानो बिलिङ्ग मेसिनको म्याद थप गरेर अण्डर बिलिङ्ग गरी नेपाल टेलिकम र राज्यलाई अर्बौ रुपियाँ घाटा पुर्‍ याएको टेलिकम श्रोतले बताएको छ । ३२ सिटे पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनेकी रेखा शर्मा र उनका श्रीमान् कृष्णध्वज खड्कालाई निलम्बित पौडेलले राम्रो शुभलाभ गराएका कारण प्रधानमन्त्री दाहालले हटाउन निर्देशन दिँदा समेत नमानी अन्तिम अवस्थासम्म साथ दिएको जानकारहरुले बताएका छन् ।
मन्त्री शर्माका पति खड्का मन्त्रालयका सबै मिटिङमा उपस्थित हुने गरेको मन्त्रालय सूत्रले बताएको छ । एनसेलका लोकल पार्टनरसँग सम्बन्धित र व्यवसायी उपेन्द्र महतोको काम गर्ने मान्छे भूपेन्द्र भण्डारीलाई विज्ञ सल्लाहकार राखी नेपाल टेलिकमलाई टाट पल्टाई ऐनसेललाई फाइदा गराउन मन्त्री शर्मा सकृय रहेको श्रोतले जानकारी दिएको छ ।
अहिले खड्का र भण्डारीको निर्देशनमा मन्त्रालयका सचिव र सहसचिवहरु चल्ने गरेको बताइएको छ । यता २१ अर्ब राजश्व तिर्न नसकेर थला परेको स्मार्ट सेललाई प्रधानमन्त्री पुष्पकमल दा हालले ७ अर्व लिएर खुला गरेको चर्चा चलेको छ भने टेरामिक्स प्रविधिद्धारा एनसेललाई पोस्न खोजिएको सरोकारवालाले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *