के भने चिनियाँ नेताले भेटमा ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङको नेपाल भ्रमणलाई राजनीतिक रुपमा चासोका साथ हेरिएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हिजो विहीबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ । कतिपयले भने छुङछेङ हालको अवस्थामा प्रधानमन्त्री दाहालको सरकारी यात्रा सहज होस् भन्ने कामना हेतु आएको बताएका छन् । भेटका क्रममा उनले हालको सत्ता गठबन्धनको बारेमा चासो राखेको तथा हालको अवस्थामा प्रधानमन्त्री दाहालले गरिरहेका कार्यहरुको प्रशंसा पनि गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *