रेशमविरुद्धको रिट स्थगित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ सरकारबाट आममाफी पाई थुनामुक्त भएका योगराज भनिने रिगल ढकाललाई पुनः बन्दी बनाउन सर्वोच्च अदालतले फैसला गरेपछि आममाफी पाएका रेशमलाल चौधरीविरुद्धको रिट मुद्दाबारे पनि बढी चासो राख्ने गरिएको पाइएको छ । हिजो विहीबार फैसला हुने चर्चामा रहेको रेशमलाल चौधरीविरुद्धको रिट मुद्दा हिजो स्थगितको सूचीमा परेपछि यो विषय फैसलामा पुग्न पाएन ।
न्यायाधीशको अभावका कारण बिहीबारको पेशी स्थगितमा परेको भनी अदालतले सूचित गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका बताइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन पारेर चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
उक्त रिट मुद्दा जेठ १६ गते दर्ता गरिएको थियो । गत जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको थियो ।
संविधानको धारा २७६ को अधीनमा रही राष्ट्रपति रामचन्द्र पौडेलले करिब ५ वर्ष कैद सजाय काटेपछि चौधरीको बाँकी कैद मिनाहाको निर्णयलाई सदर गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *