महाजात्रा’ को छायांकन शुरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली सफल चलचित ‘जात्रा’ को तेस्रो श्रृंखलाको रुपमा ‘महाजात्रा’ आउने भएको छ । त्यसको छायांकन बुधबारदेखि शुरु भएको छ ।
निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको बताइएको छ । ४५ दिनको छायांकनको तालिका तय गरिएको चलचित्रलाई काठमाडौं र जनकपुरमा छायांकन गरिने बताइको छ । निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले चलचित्रको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताएको छ ।
‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईका अनुसार यो चलचित्रमा बहुघटनाको कथाबस्तु चित्रण हुने बताए । तेस्रो श्रृंखलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको उनले बताए ।
‘महाजात्रा’ एक किसिमले कलाकारको पल्टनजस्तै देखिएको छ । अघिल्लो सिक्वेलको कलाकारको रूपमा विपिन कार्कीसहित रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत नै रहेका बताइएको छ । नयाँ कलाकारको रुपमा हरिवंश आचार्यसहित राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङको अभिनय देख्न पाइने बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *