भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्‍यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ ।
यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३ गतेदेखि १५ गतेसम्म गर्ने मिति तय भएको थियो । गत कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाले ज्यान गुमाएका थिए भने करिब तीन सय बढी घाइते भएका छन् ।
त्यसैगरी ठूलो संख्यामा भौतिक क्षति समेत भएको छ । राहत, उद्दार र पुनस्र्थापनाका लागि कांग्रेसले ५० लाख सहयोग गरी सांसदहरुको १५ दिनको तलब पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । आगामी महासमिति बैठकमा कांग्रेसले खेलेको भूमिका र पार्टी भित्र देखापरेको मतान्तरणक विषयमा समेत छलफल हुने र सरकारको नेतृत्व कांग्रेसले नै गर्ने गरी राजनीतिको मियो बन्ने बारेमा व्यापक छलफल हुने बताइएको छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट मन्त्री बनेकाहरुले डेलिभरी दिन नसकेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा एवम् वरिष्ठ नेता शेखर कोइराला तथा युवा नेता प्रदीप पौडेलले तीब्र असन्तुष्टी जनाउँदै आइरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *