राजा ल्याउन दुर्गा र राप्रपा एकै ठाउँमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले गत मंसिर ७ गते शुरु गरेको राजा फर्काउने आन्दोलन सफल नभएपछि आगामी २०८० फागुन १ गते काठमाडौंको बसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र फर्काउने बताएका छन् ।
२०५२ सालमा माओवादीले फागुन १ गतेबाटै सशस्त्र युद्ध शुरु गरेका थिए । त्यसैलाई आधार मानेर प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर नेपाललाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि बताएका छन् । प्रसाईको उक्त अभियानप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गर्ने बताइएको छ ।
उता, प्रसाइको अभियानलाई राप्रपा नेपालका अध्यक्ष कमलबहादुर थापाले पनि राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्ने बताएका छन् भने राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले पनि मौन समर्थन गरेको समाचार स्रोतले बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालको ऐक्यबद्धताले गणतन्त्रवादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । राप्रपाले यही पौष २७ गते कैलाली २८ गते महेन्द्रनगर (कञ्चनपुर) र २९ गते जनकपुरमा आमसभा गर्ने बताएको छ ।
यसरी राजावादी अजेण्डा बोकेर वर्तमान व्यवस्थाको विकल्प पुरानै व्यवस्था फर्काउन लागि परेका दलहरु र गणतन्त्रको एजेण्डा बोकेका काँग्रेस, एमाले र माओवादीबीच भिडन्त हुन सक्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *