एकीकृत समाजवादी छलफलमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक हिजो विहीबारदेखि शुरु भएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने उक्त बैठक आज शुक्रबार सक्किने अपेक्षा गरिएको छ ।
उक्त बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल भैरहेको जनाइएको छ । उक्त बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा भैरहेको पनि जनाइएको छ । पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि अजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने खतिवडाले जानकारी दिएका छन् ।
बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन जाने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *