नातिनीको विहेमा प्रचण्डको तामझाम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गत मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालकी छोरी प्रतिमा पाठकको शुभ–विवाह काठमाडौंको गोकर्ण रिसोर्टमा तामझामपूर्वक गरियो । सर्वहारा वर्गको उत्थानका लागि १० वर्षे जनयुद्धमा होमिएको पार्टी माओवादी र त्यसको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम, संस्कृति, सादा जीवन र उच्च विचारको धज्जी उडाउँदै ऐन कानून विपरित साम्यवादी व्यवस्थालाई यो विवाहमार्फत भत्काई दिएको चर्चा चल्ने गरेको छ ।
करिव आठ सयजना व्यक्तिलाई निम्ता गरिएको उक्त विवाहमा दुई हजार पाँच सयजना बढी व्यक्ति उपस्थित भएको समाचार श्रोतले बताएको छ । महँगा पूmलले सजाइएको द्वार र महँगो मूल्य पर्ने मञ्च सुनले सजिएकी बेहुली चर्चाको विषय बनेकी छिन् । सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती लान नपाइने व्यवस्था छ तर हजारौंको संख्यामा बाँडिएको निमन्त्रणा कार्ड र काठमाडौं आउन निम्तालुका लागि जहाज खर्चको व्यवस्था गरिएपछि सामाजिक सुधार ऐन ‘हात्तिको देखाउने दाँत’ जस्तै बनेको छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने कुरा अहिले फेरि चरितार्थ भएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरु चिसोबाट कठ्याँग्रिएर मृत्यु भएका र शरीरमा गोली र छर्राहरु बोकेर उपचार अभावमा पीडादायी जीवन बाँचिरहेकाहरुले माओवादी जनयुद्धको सम्झना गर्दै पुर्पुरो समाइरहेका छन् । बलिदानी युद्धबाट प्राप्त क्रान्तिले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका नातागोता, भाइभतिजा, आसेपासे र केही धुपौरेहरुलाई बाहेक संघर्षको मैदानमा राइफल बोकेर होमिएकाहरुलाई स्थापित गर्न नसकेको जानकारहरुले बताएका छन् ।
माओवादी केन्द्रमा उनीहरुको परिवारको उच्चस्तरको जीवन शैली, सम्भ्रान्तहरुसँगको उठबसले विचार र सिद्धान्त नक्कली भ्रमको खेती भएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *