गृहमा काँग्रेसको नजर, रविको पनि दाबी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो कार्यकालको एक वर्ष पार गरेका छन् । वर्ष पार गरेपछि गठबन्धनका दलहरु भित्र मन्त्री बन्न मारामार शुरु भएको जानकारहरुले बताएका छन् । गठबन्धन दलभित्र काँग्रेस, माओवादी, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति र जनमत पार्टी निर्णायक रहेका छन् ।
प्रधानमन्त्री दाहालले मन्त्रीहरु परिवर्तन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास गरेपछि गठबन्धनमा आबद्ध साना दलहरु सशंकित बन्न पुगेका छन् । हाल साना २–४ सिटे दलबाट मन्त्री बनेकाहरु छटपटीमा परेको खबर प्राप्त भएको छ ।
रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालयमै दाबी गरेपछि हलो अड्किएको बताइन्छ । पछिल्ला दिनमा काँग्रेसले गृह मन्त्रालय आफूले लिएर अर्थ माओवादीलाई दिन सकिने संकेत गरेको छ । काँग्रेसले आफ्नो नेता बालकृष्ण खाँण पक्राउ परेपछि गृह लिने सोच बनाएको जानकारहरुले बताएका छन् ।
यता, माओवादी केन्द्रबाट बर्षमान पुन अर्थमन्त्री बन्ने चर्चा चलिरहँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सरकारबाट बाहिरिने बताइएको छ । अहिले मन्त्री बन्नका लागि गठबन्धन दलभित्र लिगलिगको दौड चलेको जानकारहरुले बताएका छन् । जनतालाई भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै हुने भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *