गृहमन्त्री माथि जाइलागे रवि लामिछाने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गृहमन्त्री बनेर ३२ दिनपछि नागरिकता र राहदानी (पासपोर्ट) काण्डमा परेर फ्याँकिएका रास्वपाका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ¥याख¥याख्ती पारेका छन् ।
गत पुष १६ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी र बालुवाटार जग्गा प्रकरणबारे आक्रोश व्यक्त गरेका थिए । फाइल खोलेर सबलाई ठीक पार्ने बताएका गृहमन्त्री श्रेष्ठले आफ्ना मान्छेहरु पनि पर्ने सुइँको पाएपछि फाइल अगाडि नबढाएको लामिछानेको आरोप थियो ।
नौ किलो सुन प्रकरणमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको नाम जोडिएपछि छानविन प्रकरण सेलाएको थियो । भूटानी शरणार्थी प्रकरण र बालुवाटार जग्गा प्रकरणले गति लिनुको साटो आँखामा छारो हाल्ने काम भएको थियो । पछिल्ला दिनमा प्रजिअहरुको सरुवा बाहेक शान्ति सुरक्षामा समेत चुकेको आरोप गृहमन्त्री श्रेष्ठमाथि छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दालाई अन्तिम टुंगोमा पु¥याउन नपाउँदै एआइजी श्याम ज्ञवालीको सरुवा, सुन प्रकरणमा प्रहरीलाई प्रभावित पार्ने काम ब्रेकसुमा लुकाएर ल्याएको सुन बरामद भएपछि राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई सुम्पेर ढिसमिस गर्नका लागि निरन्तर गरेको आरोप लामिछानेले लगाएका थिए ।
यसैगरी आफ्नालाई जोगाउन भूमिका खेलेको लामिछानेले आरोप लगाएपछि गृहमन्त्री श्रेष्ठ पनि के कम आफूले प्रतिशोध नसाँध्ने तर कानून कार्यान्वयनमा निष्पक्षता र दृढतापूर्वक अघि बढ्ने बताएका थिए । यस्तै पहिले गरेको गल्तीमा कुनै कारण कानूनी रुपमा छुट पाएको भन्दैमा अब त्यस्तो हुन्न भन्दै लामिछानेलाई तर्साउने प्रयास गरेका थिए । श्रेष्ठ मन्त्री बनेको एक वर्ष र गृहमन्त्री बनेको नौ महिना पुग्दा पनि डेलिभरी र शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्न सकेका छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *