काँग्रेसलाई माओवादीले नचाई रहेको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन र मन्त्रिमण्डल हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच नोकझोक शुरु भएको समाचार श्रोतले बताएको छ ।
राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) बढारिने अवस्था आएपछि प्रधानमन्त्री दाहालले एमालेलाई पनि केही सिट दिनुपर्ने आसय देखाएपछि र ४५ मिनेटसम्म एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग गोप्य भेटघाट गरेपछि काँगेस सशंकित बनेको छ । १९ सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धन दलहरुबीच भागवन्डा भए एमाले नौ सिटमा खुम्चिने छ । भागबन्डा अनुसार काँग्रेसले १०, माओवादीले ६ र बाँकी दलले आफ्नै कायम रहेको सिट पाउने छन् भने १ सिट राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
राष्ट्रियसभामा अध्यक्षका लागि कांगेसबाट कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रबाट उर्मिला अर्यालको चर्चा चलेको छ । यसैगरी प्रधानमन्त्री दाहालले केही मन्त्रीहरु हेरफेर गर्न राखेको प्रस्तावप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा र महासमितिको बैठकपछि गर्ने भनेर आलटाल गरेका छन् । प्रधानमन्त्री दाहाल मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै तत्काल परिवर्तन गर्नुपर्ने पक्षमा छन् । हरेक जसो ठूला घटना र काण्डहरुको छानविनमा देउवाको र उनकी पत्नी आरजु राणाको अस्वाभाविक दबाबबाट प्रधानमन्त्री दाहाल आजित बनिसकेका छन् ।
यता, काँग्रेसका शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकार परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । घटना जे जस्तो भए पनि देउवाले दाहाललाई चिढ्याउन नचाहँदा संसदमा ८८ सिट भएको काँग्रेसलाई ३२ सिट भएको माओवादीले नचाइरहेको आलोचना खेपेका छन् ।
मन्त्रिमण्डल हेरफेरको विषयमा देउवाले आफ्नो दलका अक्षम मन्त्रीहरुलाई काँध थापेपछि सरकारले ‘डेलिभरी’ दिन नसकेको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *