नागरिक उन्मुक्ति महाधिवेशनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन हिजो विहीबारदेखि शुरु भएको छ । कैलालीको टीकापुरमा शुरु भएको महाधिवेशनको समापन भने भोलि शनिबार हुने सो दलले जनाएको छ ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । थुनामा रहेका रेशम चौधरी संरक्षक रहेर स्थापित महाधिवेशनमा देशभरिबाट करिब आठ हजार प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । सर्वसम्मतरुपमा नेतृत्व चयन हुने अपेक्षा गरिएको तथा त्यसको नेतृत्व अबका दिनमा चौधरीले नै लिने चर्चा चलेको छ ।
महाधिवेशनले २८ पदाधिकारीसहित पाँच सय एक सदस्यीय केन्द्रीय समितिको चयन गर्नेछ । विधानअनुसार महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सात सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।
२०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर चार सिट संघीय निर्वाचनमा जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल हो । उक्त दल अहिलेको सरकारमा समेत रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *