एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २१ सदस्य सल्लाहकार समिति गठन गरेको छ । एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माको नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सल्लाहकारहरु चयन गरेको हो ।
सल्लाहकारमा महेश श्रेष्ठ जापान, नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया, नरेन्द्र भाट कतार, शशी पौडेल नेदरल्याण्ड, नारायण थापा अमेरिका, आनन्द विष्ट अमेरिका, विष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा, डा. विनोद शाह अमेरिका रहेका छन् । यसैगरी विमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी, रोशन के.सी. जापान, सुवास जोशी बेल्जियम, मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम, चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा. कृष्ण अर्याल नर्वे पनि सल्लाहकारमा रहेका जनाइएको छ ।

ओसियनाको युवा सहसयोजकमा विशाल पोखरेल, महिला सहसहसंयोजक मनिषा अर्याल, अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय संयोजकमा सरिता भट्ट पाण्डेलाई चयन गर्ने कार्य पनि सोही बैठकले गरेको जनाइएको छ । यस्तै, बैठकले विधान व्याख्या समितिमा ओमानका डि.बी. क्षत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट, न्यायिक समितिमा अफ्रिकाका हिक्मत थापालाई चयन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *