राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसका उम्मेदवारहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएका विज्ञहरुलाई पठाउनु पर्ने थलो हो राष्ट्रिय सभा । तर राष्ट्रिय सभाको गरिमा र ओझलाई चटक्कै विर्सेर नागरिक समाजका विशिष्ट र अनुभवी व्यक्तिलाई पठाउनुको साटो दलका नेताहरुले राष्ट्रिय सभालाई निर्वाचन हारेका नेता र आफना हनुमान कार्यकर्तालाई थन्क्याउने डम्पिङ साइटमा परिणत गरेका छन् । गत निर्वाचन २०७९ मा झापा–३ बाट जनताले अस्वीकृत गरेका नेता कृष्णप्रसाद सिटौला र मधेश प्रदेशबाट पटक पटक अवसर पाएका नेता आननद प्रसाद ढुगालाई काँग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । योगदानका हिसावले र नेपालको शान्ति प्रकृयामा सिटौलाले खेलेको भूमिका तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई लगाएको गुनले नेता सिटौलाको सिफारिसलाई त्यति विवादित ठानिएको छैन । सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षका रुपमा हेरिएको छ । तर मधेश प्रदेशबाट सिफारिस भएका ढुंगानाको उम्मेदवारीले मधेश प्रदेशका काँग्रेसीहरु रुष्ठ बनेको चर्चा चलेको छ । मधेश प्रदेशका आठवटा जिल्लामा ढुंगानाले भन्दा बढी योगदान गरेका नेताहरुलाई काँग्रेसले मूल्यांकन नगरेको चर्चा चलेको छ । हाल माघ ११ गते हुन गैरहेको राष्ट्रियसभाको निर्वाचनमा काँग्रेसका उम्मेदवारहरु यसप्रकार छन् । कृष्ण प्रसाद सिटौला, आनन्द ढुंगाना, विष्णुदेवी पूडासैनी, जितजंग बस्नेत, किरण बाबु श्रेष्ठ, पदम बहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्ण बहादुर रोकाय, बलदेव बोहोरा र नारायणदत्त भट्ट रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *