कर्मचारी प्रशासनमा भद्रगोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । आफू अनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउन खोज्ने उनीहरुको दबाबका कारण कर्मचारी प्रशासनमा भद्रगोल छाएको हो ।
यही कारण उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने अवसर नपाएको समाचार स्रोतले बताएको छ । उनीहरूको पदस्थापन र सरुवा तीन सातादेखि अन्योलमा छ । संघीय मामिला मन्त्रालयले फागुन ४ गते ४० जना सहसचिवहरूको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाए पनि कुनै निर्णय हुन नसकेको बताइएको छ ।
पदस्थापन र सरुवामा ढिलाइ हुँदा कर्मचारीहरू भने मन्त्रालयमा हाजिर भएर टाप कस्ने गरेका बताइएको छ । उपसचिवबाट सहसचिवमा भर्खरै बढुवा भएका मिमांश अधिकारी र गोपाल कोइरालालाई अर्थमन्त्रीले आफ्नो मन्त्रालय लैजान चाहेका बताइएको छ । सामान्य प्रशासनले भने बढुवा हुने बित्तिकै अर्थ मन्त्रालयमा पदस्थापन गर्ने प्रचलन नभएको भन्दै अस्वीकार गर्दै आएको छ ।
यसअघि माघ ९ मा २८ सहसचिवको सरुवा हुने बेलामा समेत अर्थ मन्त्रालयकै स्वार्थका कारण ढिलाइ भएको समाचार स्रोतको दाबी छ । त्यसबेला अर्थले सहसचिव सेवन्तक पोखरेललाई नै जसरी पनि मन्त्रालय तान्न चाहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *