गठबन्धन भत्किनुमा बीआरआई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा समस्या आएको भनी कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छन् ।
कांग्रेसले त्यसलाई ऋणका रुपमा नभई अनुदानका रूपमा मात्र लिने भनी राष्ट्रहितमा अडान लिंदा प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर चीनमुखी सरकार बनाई मुलुकलाई थप आर्थिक समस्यामा पार्ने कार्यमा लागेको भनी कांग्रेसले भन्न थालेको छ । कांग्रेसका कारण गठबन्धन भत्किएको भनेर प्रधानमन्त्री दाहालले कपोलकल्पित आरोप लगाएको कांग्रेसको दाबी छ । राष्ट्रियसभा अध्यक्ष, मन्त्री हेरफेर र प्रधानमन्त्रीको आलोपालोमा समय थप्न तयार हुँदा पनि दाहाल तयार नभई बीआरआई मार्फत मुलुकमा थप आर्थिक भार पार्नका लागि यस्तो खेल खेलिएको बुझाइमा कांग्रेस पुगेको हो ।
प्रधानमन्त्री दाहालले मुलुकलाई कम्युनिस्ट लबीमा पु¥याउन चाहेको तथा उक्त चाहना चीनको दबाबमा भएको भन्ने बुझाइमा कांग्रेस रहेको भन्न थालिएको छ । विश्व लोकतान्त्रिक पद्दतिमा विश्वास गर्ने अवस्थामा पुग्दा पनि नेपालमा भने कम्युनिस्टको नाममा खेल्ने प्रयास भैरहेको भनी कांग्रेसका नेताहरु भन्न थालेका छन् ।
यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिलेर जानुपर्ने पक्षमा कांग्रेस रहेको भनी कांग्रेसका सभापति देउवाले भन्न थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *