नाउपामा रञ्जिताको रमिता, एसमा पनि संकट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सत्ताको रापतापले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई ग्रस्त पारेको छ । सोही कारण नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच रमिता शुरु भएको छ ।
पति र पत्नीका बीचको सत्तास्वार्थले पारिवारिक सम्बन्ध नै विच्छेद हुने अवस्थामा पुगेको जानकारहरुले बताएका छन् । उनीहरुको झगडाका कारण संघमा (प्रतिनिधिसभा) चार सिट जितेको नाउपाका सांसदहरु पनि दुई कित्तामा उभिएका छन् भने प्रदेशमा पनि त्यस्तै अवस्था छ ।
नाउपाकी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भनी प्रदेश सांसदहरुलाई ह्वीप जारी गरेको अवस्थामा संरक्षक चौधरीले शाहलाई मत दिने निर्देशिन गरेका छन् । साना दलको सत्तास्वार्थले राजनीति नै दुर्गन्धित बनेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराएर सिट सुरक्षित राख्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयास गरिरहेका छन् । नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
यता, त्यस्तै संकटको सामना नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि व्यहोर्न बाध्य भएको छ । प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एसका बहुसंख्यक सांसदहरु एमालेमै फर्किन खुट्टा उचालेपछि अध्यक्ष माधवकुमार नेपाल सकसमा परेका छन् । अध्यक्ष नेपालको पक्षमा हाल मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, प्रकाश ज्वाला र धनबहादुर बुढा छन् भने नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, किसन श्रेष्ठ, प्रेमबहादुर आले र अमरबहादुर थापा खरो रुपमा विपक्षमा उत्रिएर एमालेमा जान तम्तयार रहेको समाचार श्रोतले बताएको छ ।
सोही कारण पार्टीको अस्तित्व नै संकटमा पर्न थालेपछि अध्यक्ष नेपालले मुख्यमन्त्री र प्रदेश सांसद बार्गेनिङ गरेर नेकपा एमालेमा अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उधारो सहमतिमा हस्ताक्षर गरेको श्रोतले बताएको छ । पाँचदलीय गठबन्धनमा भ¥याङ्ग बनेका नेपालको प्रधानमन्त्री पद पनि सुरक्षित छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *