गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट वारेसमार्फत सम्झना के.सी.ले रिट दायर गरेकी हुन् । गण्डकीमा पनि कोशी प्रकरण दोहोरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले सभामुखको समेत मत जोडेर बहुमत पु¥याएपछि नियुक्ति बदर गर्न माग गरिएको छ ।
गण्डकीमा कूल ६० जना प्रदेश सांसद छन् । बहुमतका लागि ३१ जना सांसद चाहिन्छ । नवनियुक्त मुख्यमन्त्री अधिकारीले ३० जना र सभामुख कृष्णप्रसाद धितालको समेत गरी ३१ जना पु¥याएका हुन् ।
उता, काँग्रेस नेतृ आरजु राणालाई मोटो रकम बुझाएर ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री बनेकी सरस्वती अर्याल तिवारी मन्त्री पद खुस्केपछि तनावमा परेको स्याङ्जा वालिङका रैथानेहरुले बताएका छन् ।
निवर्तमान प्रदेशमन्त्री तिवारीका श्रीमान् मणि तिवारीले खोजखन्तर गरेर जुटाएको एक करोड रुपियाँमध्ये पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पालामा स्याङ्जाबाट मन्त्री बनेका मेखलाल श्रेष्ठले चप्काएको आरोप लागेको छ । आरजु राणाको निकट मानिने सांसद तिवारी काँग्रेसको देउवा गुट निकट मानिन्छन् । मन्त्री हुँदा तिवारीले स्याङ्जालाई भन्दा अन्य जिल्लालाई महत्व दिएको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *