सडकमा सूईहरुको बेमौसमी सरुवाको हल्ला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माको सरुवापछि प्राविधिक सहसचिव (सुई) हरुको सरुवा हुने बेमौसमी चर्चा शुरु भएको छ । गत २०७९ फागुन ३ गते तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकैपटक डेढ दर्जन बढी सुईहरुको सरुवा र पदस्थापन गरेका थिए ।
त्यसपछि भौतिकमन्त्री बनेका नेकपा (एस) का सांसद प्रकाश ज्वालाले सुईहरुको सरुवा गरेनन् । बरु २०८० भाद्र २५ गते ठूलो संख्यामा सचिव शर्माको सिफारिस र मन्त्री ज्वालाका भक्तहरुले थैलीको हिसाबमा सिडिइहरुको सरुवा गरे । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रघुवीर महासेठले ४० दिन बितिसक्दा पनि विकास निर्माणको गतीलाई खासै तीब्रता दिन नसकेको जानकारहरुले बताएका छन् । खासगरी नारायण–बुटवल र मुग्लिङ्ग–पोखरा सडकले यात्रुहरुलाई हैरान बनाएको छ । यी सबै सडकमा प्रर्याप्त बजेट भएर पनि चाइनिज ठेकेदारले नटेर्दा सडकको अवस्था दयनीय बन्न पुगेको छ ।
नारायणगढ–बुटवल सडक पश्चिम खण्डको दाउन्ने सडक र मुग्लिङ्ग–पोखरा सडक अन्तर्गतको पश्चिम खण्डमा असक्षम योजना प्रमुखहरुको कारण निर्माण कार्यले गति लिन नसकेको चर्चा चलेको छ । यी सडकहरुलाई समयमै सम्पन्न गर्नका लागि तात्कालिन सचिव केशवकुमार शर्माले हुलाकी सडकबाट तीन महिनामै सुई चुडाराज ढकाललाई आयोजना निर्देशनालय एडीबीमा सरुवा गरेका थिए । सुई ढकाल शर्माका विश्वासपात्र रहेको समासचार स्रोतले बताएको छ । यसैबीच मन्त्रालयमा सचिव परिवर्तन भएसँगै सुईहरुको पनि सरुवा हुने चर्चाले कमाउ अड्डामा बसेकाहरुको मुटुमा ढ्याँग्रो ठोकेको बताइएको छ ।
मन्त्री महासेठले केही सुईहरुलाई चलाउने तयारी गरिरहँदा मन्त्रीपत्नी जुली महतोले व्यापक सरुवा गर्न आफ्नो मण्डल थरका पिएलाई मन्त्रालय र सडक विभागमा खटाएको खबर प्राप्त भएको छ । सरुवा भए केहीको मात्र हुने अन्यथा आगामी श्रावण भाद्रमा डिजीसहित हुने श्रोतले जानकारी गराएको छ ।
मन्त्री महासेठले बिभागका योजना महाशाखा सुई रामहरि पोख्रेललाई नपत्याएपछि डा. विजय जैसीको महानिर्देशकमा चिठ्ठा पर्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *