गठबन्धन लर्खराएको नेपालको स्पष्टोक्ति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धनको सत्ता लर्खराउन थालेकोले आशंका व्यक्त गरेका छन् । पाँचदलीय गठबन्धनमा नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली हावी भएकाले र एकलौटी गर्दै अघि बढेकाले अध्यक्ष नेपालले गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका छन् ।
गत बैशाख १० गते नरबहादुर कर्माचार्यको तेश्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । आफूले चाहे वर्तमान सत्ता उथलपुथल गर्न सक्ने बताएका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै आफूहरु कसैको गालीगलौज र खिसीटिउँरी सहनका लागि नजन्मेको भन्दै कसैको दास पनि नबन्ने बताएका छन् ।

अध्यक्ष नेपाल पछिल्ले समय सत्ता गठबन्धनमा गरिएका सहमति कार्यान्वयन नगरिएपछि असन्तुष्ट बन्दै आएका छन् । खासगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले नेकपा एसका मूख्यमन्त्री दीर्घबहादुर सोडारीलाई असहयोग गरेपछि वैकल्पिक गठबन्धन बनाउन काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा सकृय रहेको जानकारहरुले बताएका छन् । एमाले अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई वर्गशत्रु र दक्षिणपन्थी भन्दै कटाक्ष गर्दै आएका छन् ।
अध्यक्ष नेपालले २० प्रतिशत सदस्यहरु लिएर पार्टी विभाजन गरेपछि ओली विक्षिप्त बन्दै आइरहेका छन् । नेपालका कम्युनिष्टहरु एक हुनुपर्ने राजनीतिक वृत्तमा बहस र छलफ चलेपनि ओली र नेपालको इगोका कारण सफल नहुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *