नेपाल र खनालको राजनीतिक भविष्य संकटमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई इलाम र बझाङ प्रदेशसभाको उपनिर्वाचनले निद हराम बनाएको पार्टी सम्बद्ध श्रोतले बताएको छ ।
संसदमा छैटौं दल बन्न पुगेको नेकपा एस यतिबेला अस्तित्व रक्षाको लडाइँमा रहेको बताइन्छ । संघमा १० सिट भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आकर्षक मन्त्रालय लिएर स्वार्थपूर्ति गर्दै आइरहेका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालको आगामी राजनीतिक भविष्य संकटमा परेको जानकारहरुले बताएका छन् ।
यही बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले, राप्रपा र नाउपाको कन्तविजोग भएको छ । वाह्य शक्तिको इशारामा प्रधानमन्त्री दाहाललाई हटाउने खेलमा सक्रिय रहेका नेपालको रणनीति थाहा पाएर नेकपा (एस) लाई सरकारबाट हटाई राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्री दाहालको तयारी रहेको राजनीतिका ज्योतिषहरुले बताएका छन् ।
गण्डकी प्रदेश र कोशी प्रदेशमा राप्रपाले सरकारमा जाने इच्छा देखाएपछि संघमा पनि राप्रपा २,३ वटा महत्वपूर्ण मन्त्रालय रोजेको चर्चा चलेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *