पोखरामा डिष्ट्रिक्ट ३२५ जे को कार्यक्रम

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोखरा/ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम गरेको छ । पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनीत लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।
सो तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको भन्दै कार्यक्रममा उपस्थित संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरले बताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् ।
प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ताका रुपमा उपस्थित पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, बालकृष्ण बुर्लाकोटीले विश्वका लायन्सहरुको जानकारी दिँदै आगामी वर्षका लागि के कस्ता कामहरुमा प्रतिबद्ध हुने भन्ने बताए । एलसीआईएफका एरिया लिडर लायन राजन लम्साल, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले लक्ष्य प्राप्तीका लागि ग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमा जानकारी दिएका थिए ।
इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छिन् ।
काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिता रहेको बताइएको छ । नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *