महामन्त्री शर्माको अध्यक्षहरुमाथि आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले) र प्रधानमन्त्रीमाथि आरोप लगाएका छन् ।
उनले रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने चिन्ता मात्र रहेको आरोप लगाएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले एमालेलाई अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट प्रकरणबाट जोगाउने चिन्ता थपिएको आरोप लगाए । यसैगरी आफ्नो भाषणमा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भन्न कुरामा चिन्ता हुनुपर्नेमा संसद् भित्र रहेका सांसदको गणितको मात्रै चिन्ता रहेको भन्ने आरोप शर्माले लगाएका छन् ।
शर्माले आप्mनो आरोपलाई थप स्पष्ट गर्दै आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने दाबी गरे । यसैगरी उनले एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपर्दा एमालेजनको ओठमुख सुकेको बताए ।
रास्वपा र एमालेप्रति खनिएका महामन्त्री शर्माले सोही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पनि खनिए । उनले प्रधानमन्त्री दाहालप्रति भन्दा पनि उनको कार्यशैली आपत्तिजनक रहेको धारणा राखे । शर्माले प्रधानमन्त्री दाहालले पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको सुनाए ।
उनले प्रधानमन्त्री दाहाललाई अंकगणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताउँदै दाहालले यसअघिको सत्ता गठबन्धन तोडेर अर्को नयाँ गठबन्धन बनाउनुको कुनै औचित्य स्पष्ट गर्न नसकेको आरोप पनि लगाए । उनले ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । देशले आर्थिक रूपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ ।’ भन्दै सरकारमा सहभागी मुख्य तीन दलको चिन्ता आप्mना अध्यक्षहरुमाथि लागेका आरोपबाट कसरी जोगाउने भन्ने छ भने जसपा भनी नयाँ बनाइएको दलमा आफ्नो अस्तित्वलाई अदालतले मान्यता देला कि नदेला भन्ने चिन्ता रहेको बताए ।
उनले हाँसो गर्दै भने, ‘प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *