भेरी रिठ्ठापात ब्रान्डमा पाउडर

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालगन्ज/ नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रा.लि.ले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर बजारमा ल्याएको छ । सोमबार यहाँ एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो ।
कम्पनीका संचालक यज्ञबहादुर ओली र बिजनेस हेड सि.ए. टोपबहादुर शाहीले डिटरजेन्ट पाउडर १५० ग्रामदेखि चार किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए । कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने भन्दै प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ ।
यसमा रहेको जर्म फाइटरले कपडालाई किटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने दाबी कम्पनीले गरेको छ । कम्पनीले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवास बार उत्पादन गर्दै आएको बताइएकोछ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं विक्री वितरण गर्दै आएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *