तीजमा ‘बजाउँदै चुरा’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ पनि यसै मेसोमा सार्वजनिक गरिएको छ ।
सारिका घिमिरेको श्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर बताइएको छ । रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएको म्युजिक भिडियोमा देख्न सकिन्छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता÷दर्शकमाझ आएका छन् ।
नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउँछिन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनी बताउँछिन् ।
गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताए । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता÷दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले दाबी गरे । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *