गृहको सुधारमा क्रियाशील मन्त्री लेखक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली एवं बौद्धिक नेता रमेश लेखकले हाल गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गत असार अन्तिम साता गृहमन्त्रालयको नेतृत्व गरेका मन्त्री लेखकले मन्त्रालयमा विभिन्न सुधारका कार्यक्रमहरु अघि बढाएका छन् । लेखकभन्दा अगाडिका गृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ (माओवादी केन्द) र रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले पेण्डिङ्गमा राखेको नेपाल प्रहरी सम्बन्धी विधयेकलाई निष्कर्षमा पु¥याउनका लागि अघि बढाएको समाचार श्रोतले बताएको छ ।
त्यसैगरी निर्वाचन सम्बन्धी आठवटा ऐनहरु एकीकरण गरी संशोधन गर्ने सशस्त्र प्रहरी ऐन पनि अघि बढाउने काममा घनीभूत रुपले लागि परेको जानकारहरुले बताएका छन् । काँग्रेसमा भद्र एवं क्षमतावान् नेताको पहिचान बनाएर सभापति शेरबहादुर देउवाको मन जित्न सफल भएका गृहमन्त्री लेखक यसअघि काँग्रेसका प्रमुख सचेतक थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा राम्रो काम गरेर काँग्रेसमा लोकप्रिय बनेका गृहमन्त्री लेखकले हालै प्राकृतिक प्रकोपबाट क्षतिबारे अस्थायी आवास समस्यालाई सम्बोधन गर्न मापदण्ड र कार्यविधि बनाएर त्यसलाई मन्त्रिरिषद्बाट पास गर्ने कार्यमा लागिपरेका छन् ।
गृहमन्त्रीमा लेखक आएपछि कोभिड पछि बन्द भएको दक्षिणतिरका नाकाहरु पुन सुचार गर्न भारतसँग पहल गरिरहेको र अरु नीतिगत कुराहरुमा महत्वपूर्ण कामहरु भएको मन्त्रालय श्रोतले बताएको छ । मन्त्री लेखकले सरुवाहरुमा भन्दा गृहमन्त्रालय अन्तर्गतको सुधारमा बढी क्रियाशील रहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ । सुधारवादी गृहमन्त्री बनेर पार्टीको साख बढाउने र जनताको समस्यालाई हल गरी शान्तिसुुरक्षा सुशासन र सम्वृद्धिको दिशामा गृहमन्त्रीलाई असफल हुने छुट नभएको काँग्रेसमा चर्चा चलेको छ ।
मन्त्री लेखकले स्टण्डबाजी भन्दा परिणाममूखी काम गरेर अघि बढ्नुपर्ने काँग्रेसका जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *