काँग्रेसले यसपालि दशैंको चियापन नगर्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मुलुक बाढी पहिरोबाट मुर्छिन बनेको अवस्थामा जनताको उद्धार राहत कार्यमा केन्द्रित हुनुपरेको भनी नेपाली कांग्रेसले जनाएको छ । सोही कारण देखाएर काँग्रेसले हरेक वर्ष दशैंको कोजागत पूर्णिमामा गर्दै आएको चियापन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
काँग्रेसले २०३३ सालदेखि गोजाग्रत पूर्णिमाको दिन विशेष कारणबाहेक चियापान कार्यक्रम गर्दै आएको छ । चियापन कार्यक्रममा सबै दलका नेता तथा पार्टीका शुभेच्छुक, संघसंस्था र नेता एवं कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहने गरेको छ । यसबाहेक काँग्रेसले सञ्चालन गर्ने भनेको सय दिने अभियान कार्यक्रम पनि हाललाई स्थगित गरेको पार्टी प्रवक्ताले बताएका छन् ।
हाल काँग्रेस र नेकपा (एमाले) को बहुमतको सरकारमा काँग्रेसबाट मन्त्री बनेका १० जनाले जनतालाई राहत पुग्ने कुनै काम नगरेको र जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको आरोप लागेको छ । काँग्रेसले बाढी पीडितका लागि ५० लाख र मन्त्रीहरुले एक महिनाको तलब तथा सांसदले १५ दिनको तलब दिने समेत घोषणा गरेको छ । यता, काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकार र पार्टीबाट मन्त्री बनेकाहरुको कार्यशैली प्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीको संगठन निर्माणमा खासै ध्यान नदिएको काँग्रेसले सार्वजनिक कार्यक्रममा भने आकाशको तारा खसाल्ने गरेको छ । काँग्रेसको कार्यशैलीलाई लिएर नेता चन्द्र भण्डारी पनि खरो रुपमा उत्रिएका छन् ।
सहकारी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई छानविन समितिले सुनपानी छर्केर चोख्याउने प्रयत्न गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको श्वर धसिन थालेको छ । उपसभपाति धनराज गुरुङ श्रीमतीको सहकारी काण्डले हिस्स बुढी खिस्स दाँत बनेका छन् । यी सबै काण्डहरुको पर्दाफास काँग्रेसले नगरे २०८४ को निर्वाचनमा डामिने काँग्रेसीहरुले नै बताउन थालेका छन् ।
काँग्रेसबाट निर्वाचन जितेका प्रदेश सांसद, प्रदेशका मन्त्री र स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएपछि गाउँ गाउँमा सिंहदरबार, जतासुकै भ्रष्टाचार भनी नाक खुम्च्याउन थालेको जानकारहरुले बताएका छन् । तसर्थ काँग्रेसले यस्ता विकृति र बेथितिको अन्त्य गरी सुशासनको पक्षमा कठोर हुनुपर्ने आम बुझाई छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *