बन्द होलान् त अवैध क्रसर उद्योग ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन शुरु गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापति, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनालको सहभागितामा सोमबार अनुगमन गरिएको हो ।
सो अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान, इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिवालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका प्रबन्ध निर्देशक नेत्रबहादुर बस्नेत पनि सहभागी रहेका थिए । उक्त टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने जानकारी दिएका छन् । यसैगरी अवैध रुपमा भएको उत्खनन्लगायतका बारेमा स्थलगत अनुगमन गरी आवश्यक कानूनी कारबाही गरिने उनले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदा पनि अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथि स्थलगत अनुगमन गरी कानून विपरित गर्नेलाई कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले टोलीले अनुगमन थालेको बताए । उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया थाल्ने बताए ।
सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्डस्ट्रीज प्रा.लि., बनदेउ क्रसर उद्योग र बच्छलादेवी एग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनका क्रममा अवैध रुपमा उत्खनन् गरिएको बालुवासहित टिपर आवश्यक कारबाहीका लागि नियन्त्रणमा ल्इिएको जनाइएको छ । बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्रराज गिरीले नदीबाट बालुवा निकाल्नका लागि २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडियो र फोटो खिचेपछि फोटो नखिच्न र भिडियो नबाउन भन्दै पत्रकार नेत्र बस्नेतमाथि अभद्र व्यवहार गरेको जानकारी बस्नेतले दिए ।
अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाए पनि गिरीले भने नगरपालिकाको लापरबाहीका कारण ठेक्का नलागेको, आपूmले बुझाउन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए ।
सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका कुनै पनि उद्योगहरूले मापदण्ड पूरा नगरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *