अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरू

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दक्षिण एशियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौंमा शुरु भएको छ । भृकुटीमण्डपमा आयोजित प्रदर्शनी पुस २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका एक सय ५० स्टल रहेका बताइएको छ । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजित प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा, बंगलादेश लगायत १३ देशका प्रकाशक काठमाडौंमा आएका बताइएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरका अनुसार नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा आयोजना गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *