काठमाडौं/ कानून व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजय प्रसाद मिश्रको समूहले सानदार जित निकालेको छ । मिश्रले ५०५२ मत ल्याई विजयको माला पहिरिनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले जम्मा २६२१ मत मात्र पाउनु भयो ।
मिश्रको समूहबाट उपाध्यक्षमा पदम प्रसाद लिम्वु (कोशी), अजय शंकर झा (मधेश), तेज बहादुर रावल (बागमती), भूपेन्द्र खनाल (गण्डकी), कृष्ण प्रसाद पोखरेल (लुम्विनी), विवस कुमार बस्नेत (कर्णाली), सिद्ध राज ओझा (सुदूर पश्चिम) र सरस्वती श्रेष्ठ (महिला) ले जित निकाल्नु भएको छ । यसैगरी मिश्रकै समूहबाट महासचिवमा केदार प्रसाद कोइराला र कोषाध्यक्षमा जगत बहादुर कार्कीले जित निकाल्दा महासचिवमा यज्ञमणि न्यौपाने र कोषाध्यक्षमा दीपक राईले पराजय भोग्नु परेको छ । यसैगरी मिश्रको समूहबाट सदस्यहरुमा चिरञ्जिवी तिलक्यानी (दलित), सूर्य कुमार यादव (मधेशी÷मुस्लिम उपत्यका बाहिर), रिंकु कुमारी यादव (मधेशी÷मुस्लिम खुल्ला) राज कुमार श्रेष्ठ (आदिवासी÷जनजाति उपत्यका बाहिर), मंगल सुन्दर शिल्पकार (आदिबासी÷जनजाति खुल्ला), इन्दिरा आचार्य (महिला सदस्य उपत्यका बाहिर), रंजिता कार्की (महिला सदस्य खुल्ला) र किरण पौडेल (उपत्यका बाहिर खुल्ला) मा निर्वाचित बन्नुभयो ।
यसैगरी छ खुल्ला सदस्यमा मिश्रको समूहबाट किरण न्यौपाने, शारदा गुरुङ, दमन बहादुर चन्द, बाबुराम अर्याल, डा.मुकुन्द अधिकारी र माधव मैनालीले पनि सानदार जित निकालेका छन् ।
महासचिव पदमा हरि शरण कार्कीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनले २४० मत ल्याई आफ्नो उम्मेदवारीलाई पुष्टी गरिदिनु भएको छ । यसैगरी महिला सदस्य खुल्लामा मन्दिरा अधिकारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिंदा उनले पनि १०१६ मत ल्याई आप्mनो विद्रोहलाई सही साबित गराउने प्रयास गरेको भनिएको छ ।