कराँते प्रतियोगिताको उपाधि सूर्यविनायकलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

सन्जिब दुलाल
भक्तपुर/ प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ ।
बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता सो प्रतियोगितमा रहेको थियो । सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो । यसैगरी काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्यसहित तेस्रो स्थान पाएको छ ।
सो प्रतियोगितामा पुरुषतर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिलातर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएका थिए । सितोरियो कराँतेका प्रशिक्षक सचितानन्द बनेपालीका अनुसार प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भएको थियो । सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न सो कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो । सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो ।
समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामा, सूर्यविनायक नगरापालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्रीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफिले सम्मान गरिएको थियो । मेडल र ट्रफि वितरण गदै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताउनुभयो । कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागिता रहेको जानकारी दिनुभयो ।
मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायतका पालिकाहरूको यस प्रतियोगितामा सहभागिता रहको थियो । प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पु¥याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *