अनलाइन पत्रकारको अध्यक्षमा सत्याल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने चयन हुनुभयो । सदस्यहरुमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा के.सी. र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन हुनुभयो । संघको १४औं साधारणसभामा संस्थापक अध्यक्ष के.पी. ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *