कांग्रेसको बागमती प्रदेश गठबन्धनको पक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l  नेपाली कांग्रेस बागमती प्रदेशले अहिलेको आवश्यकता, औचित्यताका कारण विश्वास गरेर गठबन्धनमा रहनुपर्ने निर्णय गरेको छ । ललितपुरको खुमलटारमा बसेको बागमती प्रदेशको कार्यसमिति, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले गठबन्धन गरेर जानु उचित हुने भन्ने धारणा बाहिर ल्याएको हो ।

सोही धारणालाई निर्णयका रुप दिंदै बैठकले कांग्रेसको केन्द्रीय कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको सभापति ईन्द्रबहादुर बानियाँले ‘नयाँ विमर्श’ लाई जानकारी दिएका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धनले जुन परिस्थितिमा सरकार निर्माण भयो, त्यो अवस्था निर्माण हुँदै एमसीसीसम्म आउँदै गर्दा अविश्वासको बीचमा विश्वास उत्पन्न भएर आएको कुरालाई कांग्रेसले भुल्न नहुने भनी सुझाइएको छ । त्यसैले अहिलेको गठबन्धनलाई अझै मजबुद बनाउनको लागि गठबन्धन गरेर जानु उचित हुने भन्ने कुरालाई बैठकमा जोड दिइएको थियो ।

अहिलेको परिस्थितिमा कांग्रेसले अफ्ठ्यारो अवस्थामा सरकार निर्माण गर्ने अवसर पाएको बताउँदै बानियाँले भने, ‘विश्वास र अविश्वासका बीचमा एमसीसी पारित गरेर जुन विश्वास जगाएको छ, त्यो विश्वासलाई निरन्तरता दिने र थप विश्वास उत्पन्न गराउने काम हाम्रो हो भन्ने कुरा आजको बैठकले ठहर गरेको छ ।’ तीन तहको निर्वाचनमा तालमेल भएर जानुपर्छ भन्ने सुझाव दिने निर्णय भएको बानियाँले जानकारी दिए । चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउन पनि सुझाव दिइको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *