काठमाडौं/ पहिला भूटानी शरणार्थी चर्चाको शिखरमा थियो, त्यतिबेला गृहमन्त्री थिए नेपाली काँग्रेसका नेता बालकृष्ण खाण । अहिले गृहमन्त्री छन्, काँग्रेसकै सांसद रमेश लेखक । अहिले भिजिट भिजा काण्डले सडकदेखि सदनसम्म र प्रतिपक्षीदेखि सत्तापक्षबाटै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग जोडतोडले उठिरहेको छ ।
यसै परिप्रेक्ष्यमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी अर्थात स्वकीय सचिव जनक भट्ट पनि एयरपोर्ट अध्यागमन प्रमुख तीर्थ भट्टराईबीच अस्वाभाविक सम्पर्क, उठवस र चलखेल हुने गरेको जानकारहरुले बताएका छन् । गृहमन्त्री लेखक यसअघि भौतिकमन्त्री हुँदा पनि स्वकीय सचिवमा भट्ट नै रहेको समाचार श्रोतले बताएको छ । यसअघि पनि बहालवाला गृहमन्त्रीहरु रामबहादुर थापा, बालकृष्ण खाण पदमा रहँदा पनि सचिवालयका कर्मचारीहरु र स्वकीय तथा सल्लाहकार पनि मुछिएका थिए ।
राज्य संयन्त्रको चरम दुरुपयोग गरी शक्ति र सत्ताको आडमा मन्त्री त विवादको घेरामा तानिएकै अवस्थामा स्वकीय सचिव भट्ट पनि मुछिएपछि घटना झन पेचिलो बनेको श्रोतले बताएको छ । हाल गृहमन्त्रीको सचिवालयमा उपसचिव बद्री तिवारी, शाखा अधिकृतहरु विमल पौडेल र ओझा लगायतकाहरु गृहमन्त्री लेखकलाई खुइल्याउने र आफूहरुले कुम्ल्याउने रणनीतिमा लागिपरेको समाचार श्रोतले बताएको छ ।
त्यसो त बुढानीलकण्ठको आशीर्वाद र विचौलियाहरुको बलबाट गृहसचिव बनेका गोकर्णमणि दुवाडीजस्ता आर्थिक लम्पटहरुको कार्यशैलीले पनि गृहमन्त्री लेखकलाई विवादको घेरामा तानेको चर्चा चलेको छ । यसै परिप्रेक्ष्यमा रवि लामिछाने प्रकरणमा तात्कालिन प्रमुख सचेतक रहेका लेखकको गतिविधिलाई इगो साँध्ने रास्वपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आइरहेको अवस्थामा माओवादी केन्द्र र नेकपा एस भने लचिलो बन्ने संकेत देखिएको छ । गृहमन्त्रीको सचिवालयमा रहेका स्वकीय भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको श्रोतले बताएको छ ।
गृहमन्त्रीका स्वकीय सचिव भट्ट पनि मुछिए
Facebook Comments Box
