काठमाडौं/ कार्यक्षमता र विज्ञतालाई पन्छाएर पैसा र पहुँचको भरमा नेतृत्व सुम्पिँदाको परिणाम अहिले नेपाल टेलिकममा देखिएको छ । तात्कालिन सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले टेलिकमका तात्कालिन प्रबन्ध निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दा लागेपछि २०८१ साल भाद्रमा संगीता पहाडीलाई प्रबन्ध निर्देशक बनाएकी थिइन् । अहिले तिनै पहाडी पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बल्छीमा परेकी छिन् ।
आयोगले पहाडी र पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले १८ जना प्रतिवादीहरुबाट ३३ करोड ४८ लाख रुपियाँ विगो माग दाबी गरेको छ । सुनिल पौडेल प्रबन्ध निर्देशक हुँदा तात्कालिन प्रमुख व्यावसायिक अधिकृत हाल प्रबन्ध निर्देशक संगीता पहाडी, प्रतिमा वैद्य, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, अमुल प्रधान, देवेन्द्र खतिवडाका विरुद्धमा मुद्दा दायर गरिएको छ । यसैगरी उपप्रबन्धकहरु राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, परमात्मा भट्टराई सहित १८ जनाविरुद्ध मुद्धा दायर गरेको छ । नेपाल टेलिकमको विलिङ्ग प्रणालीसम्बन्धी ठेक्कामा व्यापक अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । टेलिकमजस्तो ठूलो आम्दानी गर्ने सार्वजनिक संस्थामा नेतृत्व लिएर इमान्दारिता, पारदर्शीता र जवाफदेहीता पुरा गर्ने तिर नलागी अकूत सम्पत्ति आर्जन गर्नेतिर लाग्दा पछिल्लो चरणमा प्रबन्ध निर्देश कबनेका पौडेल र पहाडीले टेलिकमलाई धरासयी बनाएको जानकारहरुले बताएका छन् । गाँसेको घर सम्बन्ध जटि ताढा भएपनि भन्ने शब्दलाई बिर्सिएर देशको सञ्चार बनेको र हिमाल पहाड तराईलाई जोडेको नेपाल टेलिकमलाई अहिलेको अवस्थामा ल्याउन पूर्व एमडीहरु चेतप्रसाद भट्टराई, सुगतरत्न कंसाकार, विश्वनाथ गोयल, रामचन्द्र सिंह, कामिनी राजभण्डारी र डिल्ली अधिकारीको महत्वपूर्ण भूमिका रहेको समाचार श्रोतले जानकारी दिएको छ । पौडेल र पहाडीजस्ता भष्मासुरहरुका कारण टेलिकमको आम्दानी निरन्तर रुपमा घट्दै गएको जानकारहरुको भनाई छ । टेलिकमभित्र अझै पनि अदृष्यरुपमा रहेको धमिराहरुको खोजी अख्तियारले गर्नुपर्ने चर्चा चलेको छ ।
टेलिकमको साख ओरालो दिशातिर
Facebook Comments Box
