काठमाडौं । नेपालमा यसपटक भित्रिने डरलाग्दो मनसुनबाट करिव २० लाख जनसंख्या प्रभावित बन्ने प्रक्षेपण गरिएको छ । सानो पानी पर्दा नै ठप्प हुने राजमार्गहरु ठूलो पानी पर्दा कुन अवस्था होला भन्ने चर्चा पनि शुरु भै सकेको छ । सडक विभागमा नयाँ महानिर्देशक परिवर्तन भएसँगै यो वर्खामा उनको कार्यक्षमताको पनि मापन हुने जानकारहरुले बताएका छन् । गत वर्षको भारी बर्षाका कारण बिग्रिएका सडकहरु अहिलेसम्म बन्न सकेका छैनन् । अहिलेको वर्खामा नारायणगढ–बुटवल खण्डको दाउन्ने अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–धुलिखेल, बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्ड र कान्ति लोकपथ ठप्प हुने अवस्था देखिएको छ । गत वर्ष बिग्रिएका सडकहरु बनाउने पहल र प्रयत्न प्रयाप्त मात्रामा नभएकाले यो मनसुनमा सडक थप विग्रन सक्ने बताइएको छ । हाल मनसुन शुरु हुनु अगाडि निर्माण र मर्मत शुरु गरिएका सडकहरु तिब्र रुपमा एवं फटाफट काम नगरे काठमाडौं भित्रन र बाहिरिन महाप्रलय पर्ने जानकारहरुले बताएका छन् । सडक विभागले चाहेर पनि विपी राजमार्ग, कान्तिलोकपथ, दाउन्ने र धुलिेखक सडक यो बर्खामा चलाउन नसकिने बरु गाडी सञ्चालन गर्ने गरी सडक सुचार गर्ने गरी काम गर्न विभागले निर्देशन दिएको श्रोतको कथन छ । नव नियुक्त सडक विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार असार र साउनमा झरीमा पनि सहजै गाडी गुड्ने सडक बनाउन दिनरात खटेको, यात्रुहरुले भोग्नुपर्ने सास्तीलाई क मगर्न विशेष योजनाका साथ काम गरेको, पहिरोको जोखिम कम गर्न ठाउँठाउँमा पर्खाल लगाउने, नाली व्यवस्थापन गर्ने र बिग्रएका सडक तत्काल मर्मत गर्ने काममा साथ अघि बढेको बताएका छन् ।
सडक विभागमा अहिले आएको नयाँ टीमले बर्खाबाट हुने क्षति कम गरी यात्रुहरुलाई सहजरुपमा यात्रा गर्ने वातावरणको तयारीमा जुटेको समाचार श्रोतले बताएको छ । सडक विभागमा नयाँ महानिर्देशक आएपछि निर्माणाधिन सडकहरुले पनि गेयरअप गरेको बताइएको छ । विकास र सम्बृद्धि भन्ने नारालाई सडक विभागले आत्मसात गरेर अगाडि बढे मन्त्रीको र सचिवको लोकप्रियता बढ्ने एवं यात्रुहरुले सुविस्ता पाई सास्ती खेप्नुनपर्ने भुक्तभोगीहरुले बताएका छन् ।
सडक विभागलाई यो मनसुनले कहाँ पार्दछ असर ?
Facebook Comments Box
