काठमाडौं/ टेलिसिरियल ‘बाचा बन्धन’ को ट्रेलर सार्वजनिक भएको छ । यो सिरियलमा ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथालाई पस्किने बताइएको छ । टेली सिरियल ‘बाचा बन्धन’ को ट्रेलरमा नियतिको बन्दी बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिने बताइएको छ ।
ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मालाई मुख्य रुपमा देख्न सकिने बताइएको छ । यसैगरी सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, सुभाष गजुरेल लगायतका कलाकारहरुलाई पनि ट्रेलरमा देख्न सकिने बताइन्छ ।
कमल बुढाथोकीको प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी र कमल बुढाथोकीले मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष) को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रवीण ढकालको कलर रहेको छ । यसैगरी रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत–संगीत एरेन्ज, मुभि प्वाइन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।
यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युवमार्फत पहिलो भाग सार्वजनिक हुने बताइएको छ । यसलाई प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शकहरूले हेर्न सक्ने निर्माणपक्षले जनाएको छ । बनिरहेका अन्य टेलिसियलभन्दा उत्कृष्ट र फरक रहेको दाबी गरिएको छ । ललितपुरको छम्पी र रुकुम पूर्वीभागको लुगुम नरीबाङको रमणीय दृश्यहरूमा यो टेलिसिरियल छायांकन गरिएको बताइएको छ ।
‘बाचा बन्धन’ को ट्रेलर सार्वजनिक
Facebook Comments Box
