परिधी खतिवडाको ‘घरकी फूलबारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बालगायिकाको रुपमा नयाँ प्रतिभा बनेकी परिधी खतिवडाको आवाजमा बालमैत्री गीत सार्वजनिक भएको छ । ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको प्रतिभा पनि सार्वजनिक भएको हो ।
कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास रहेको भनी स्रोता तथा दर्शकबाट प्रतिक्रिया आई रहेको छ । काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत उनको श्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् ।
सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचि राख्ने गर्दछन् । उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् । परिधीले गाएको उक्त गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन् । निर्देशन ‘गुरुभाइ फकीर’ ले गरेका हुन् । भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको बताइएको छ । राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देशप्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको बताइएको छ ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन् । गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको बताइन्छ ।
‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *