क्यानडामा “रामकृष्ण ढकाल साँझ”

Nayabimarsha (Weekly Newspaper from Nepal)

क्यानडा/ ‘इन्टरनेशनल म्युजिक डे’ को अवसरमा २१ जुन अर्थात् शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक गरिएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ गरिएको हो ।
बेलुकी ७ बजेदेखि १० बजेसम्म भएको “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिएका आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो । भुखाराग्रील रेस्टुरेन्टको हलमा भएको सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको थियो । पारिवारिक समूह “प्रगतिशील समूह” को आयोजनामा भएको कार्यक्रममा करिब सयजनाको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक कमल ज्ञवालीका अनुसार ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए ।
सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका थिए । प्रायोजकमा एक्सपेरियर फाइनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्ट कि संचालक सीता राना रहेका थिए । मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डट्कम रहेको थियो ।
कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस…, लगायतका तथा नारायण गोपालका केहि गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन् । २० वटा एकल एल्बम् सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन् । उनले ५ हजार भन्दा बढी गीत गाएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *