काठमाडौं/ नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपले ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत चार चलचित्र एकसाथ रिलिज गरेको छ । दशैं र तिहारको माहोलमा घरमै बसेर चलचित्र हेर्न चाहने दर्शकका लागि एपमा ‘पीताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’, र ‘फेरि रेशम फिलिली’ रिलिज गरिएको जनाइएको छ । १९९ रुपियाँ तिरेर हेर्न सकिने व्यवस्था मिलाइएको पनि बताइएको छ ।
मल्टीस्टारर ‘पीताम्बर’ एक्सन प्रधान चलचित्र हो । ‘गाउँ आएको बाटो’ मा बाबु–छोराबीचको कथा प्रस्तुत गरिएको छ । यो चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा भाग लिएको छ । ‘होस्टेल ३’ ले होस्टेलमा बस्ने विद्यार्थीहरुको संघर्ष, चुनौती र रमाइलोलाई देखाएको छ । यसैगरी ‘फेरि रेशम फिलिली’ मा भने अमेरिका मोहको कथालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।
यसैगरी सिनेमाघर एपमा ‘बोक्सीको घर’, ‘मनसारा’, ‘भष्मे डन’, ‘प्रसाद २’, ‘दुःखी आत्मा’ लगायतका चलचित्रहरु पनि उपलब्ध रहेका बताइएको छ । नेपालकै पहिलो ओटीटी प्लेटफर्म रहेको सिनेमाघर एपमा चलचित्र हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड र नेपाल तथा भारतबाट विभिन्न डिजिटल वालेट एवं क्युआर कोडको प्रयोग गरेर भुक्तानी गर्न सक्ने बताइएको छ ।
‘दशैं–तिहार मुभी मेला’ चार चलचित्र रिलिज
Facebook Comments Box
