बालसाहित्यमा ऐतिहासिक दिन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत शुक्रबारका दिन नेपाली बालसाहित्यमा रुचि राख्नेहरुका लागि सुनौलो दिनका रुपमा रहन गयो । नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बालसाहित्य सर्जक विजयराज आचार्यका बालकथामा आधारित समीक्षात्मक कृति विदेशी सर्जकले लेखी सार्वजनिक गरियो । नेपालको बालसाहित्यको इतिहासमा नेपाली बालसाहित्य र बालसाहित्यकारका विषयमा विदेशी लेखकले अंग्रेजी भाषामा लेखिएको पहिलो कृति भनी ऐतिहासिक बनाउने प्रयास गरियो । नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष एवम् साहित्यकार प्रमोदकुमार प्रधानले उक्त जानकारी विमोचन समारोहमा दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका प्रधानले बसुको कृतिलाई नेपाली बालसाहित्यको अन्तर्राष्ट्रिय ढोका खोल्ने पहिलो प्रयास भएको बताउनुभयो । उहाँका अनुसार कुनै अन्तर्राष्ट्रिय लेखकले नेपाली बालसाहित्यबारे पहिलो पटक पुस्तक लेख्नुभएको हो ।
यसैगरी उक्त दिन नै सर्जक उर्मिला ढुंगाना सुवेदीको बालकविता संग्रह ‘मिठा मिठा तरकारीहरु’ सोही समारोहकामा सार्वजनिक गरियो ।
कार्यक्रममा भारतको कोलकाताका सर्जक अतनु कुमार बसुले तयार पारेको ‘ख्ष्वबथ च्बव ब्अजबचथबुक क्तयचष्भक ायच ऋजष्मिचभलस् ऋचष्तष्अब िभ्कतष्mबतष्यलु र ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’ दुबै कृति तथा लेखक–लेखिकामाथि टीका–टिप्पणीसहित विमोचन गरिएको थियो ।
बसुको समीक्षात्मक कृतिमा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथा, ती कथाका पात्र, सन्देश र मर्मलाई बोधगम्य शैलीमा प्रस्तुत गरिएको जानकारी सर्जक माधव घिमिरे ‘अटल’ ले दिनु भयो । उहाँले आचार्यलाई “नेपाली बालसाहित्यको कारखाना” भन्दै उहाँको १५० भन्दा बढी कृतिहरूले बालसाहित्य समृद्ध बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अतनु कुमार बसुले ‘क्ष्mउबअत या ध्बच यल ऋजष्मिचभल’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै युद्धका समयमा बालबालिकामाथि पर्ने प्रभावबारे विस्तृत चर्चा गर्नुभयो । उहाँले इजरायल–प्यालेस्टाइन र भारत–पाकिस्तान युद्धको उदाहरण दिँदै युद्धका ७०–८० प्रतिशत पीडित सर्वसाधारण र तीमध्ये धेरैजसो बालबालिका र महिला हुने तथ्य प्रस्तुत गर्नुभयो ।
बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले उक्त अध्ययनलाई अझै परिष्कृत गर्न सकेमा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुने सम्भावना रहेको बताउनुभयो । उहाँले नेपाल र बंगाली साहित्यबीचको सांस्कृतिक सम्बन्धबारे पनि चर्चा गर्नुभएको थियो ।
यसैगरी ढुंगानाको कृतिमा भने ३३ थरी तरकारीबारे ३३ वटा बालकविता समावेश गरिएको जानकारी समाजका महासचिव डा. विष्णु के.सी.ले दिनु भयो । उहाँले संग्रहको चर्चा गर्दै यसले बालबालिकालाई खाद्यबस्तु र प्रकृतिसँग नजिक्याउने उद्देश्य राखेको बताउनु भयो ।
त्यस्तै, डा. बुनु दाहालले लेखिका ढुंगानालाई बधाई दिँदै उक्त कृति बालबालिका र अभिभावक दुवैका लागि सान्दर्भिक भएको बताउनुभयो ।

कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले युद्ध र बालबालिकासम्बन्धी बहसले मानवता र शान्तिप्रतिको सोचलाई मजबुत बनाउने बताउनुभयो ।
आचार्यको कृति महेश पौड्यालले सम्पादन गर्नुभएको हो । यसको प्रकाशन विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले गरेको हो । यसैगरी ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’ मा प्रज्ज्वल थापा मगरका चित्रहरू र अनुष्का सुवेदीको प्रकाशन रहेको छ । दुवै कृतिको मूल्य ३५० रुपियाँ राखिएको छ ।
भैरवी भूगोलले संचालन गर्नुभएको सो कार्यक्रममा समाजका उपाध्यक्ष विजयराज न्यौपानेले शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा बसुकी श्रीमती पम्पा बसु र पुत्री अनुस्मिता बसुलाई पनि फूलमालाले सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *