पिएमणि भट्टराई
इनरुवा/ इनरुवा नगरपालिकाले खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्र भरी निःशुल्क खोप अभियान शुरु गरेको छ । खोरेत रोगविरुद्ध पशु सेवा केन्द्र बवियामा बुधबार निःशुल्क खोपको उद्घाटन गरियो ।
उद्घाटन समारोहमा पशुपंछी मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका डाक्टर गंगाराम यादवले मान्छेमा लाग्ने कोराना जस्तै गाई भैसीमा लाग्ने खोरेत रोग भएको जानकारी गराउनु भयो । यो खुरफट्टा जनावरमा लाग्ने एक महामारी रोग भएको जानकारी गराउँदै डा. यादवले भन्नुभयो, ‘यो ब्उतजय ९एष्अयचलब० भाइरसबाट लाग्दछ । यो रोगलागेपछि मुखमा पानी फोका आउँछ । पछि फुटेर आलो घाउ बन्छ । खुट्टामा पुग्छ शरिर भरी घाऊ देखिन्छ र पशुहरु हिंड्न सक्दैनन् र मर्ने अवस्थामा सम्म पुग्छन् ।’
यो रोगको नियन्त्रणकालागि डा. यादवले प्राविधिकहरुलाई किसानहरुको घरघरमा प्रत्यक्ष रुपमा जोडिई गाई भैंसीलाई खोप (भ्याक्सिन) लगाउन निर्देशन दिनुभयो । कोशी प्रदेश सरकारले खोरेत मुक्त क्षेत्र बनाउन हाल १४ ओटै जिल्लामा एकै साथ खोपको अभियान चलाएको छ । यसलाई सहयोग गर्न तीनवटै सरकार कटिबद्ध रहेको जनाइएको छ ।
यो खोप अभियानबाट इनरुवा न.पा. भित्र ८०% गाई बस्तुलाई खोप लगाउँदा किसानहरु बढि लाभान्वित अपेक्षा गरिएको छ । यसकालागि खोप कार्यक्रमलाई सहज बनाउन नगरपालिकाले सहयोग पु¥याई दिन आग्रह गरे सोही कार्यक्रममा इनरुवा न.पा.का प्रमुख केदार भण्डारीले किसानहरुको क्षति नहोस् भनेर नगरपालिकाका सबै वडाहरुमा खोप अभियान शुरु गरिएको जानकारी दिनुभयो । यसैगरी इनरुवा न.पा. पशु सेवा केन्द्रका डा. राजकुमार यादवले सामुहिक रुपमा उद्घाटन गरेर सम्पूर्ण वडामा भ्याक्सिनेटर पठाउने जानकारी दिनुभयो ।
