भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भक्तपुरमा शनिबार छाती रोग सम्बन्धी निःशुल्क शिविर भएको छ । शिविरमा झण्डै दुई सय जनाले निःशुल्क एक्सरे परीक्षण गराएका आयोजकले जनाएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लब अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इंलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा उक्त शिविर गरिएको । त्यसका लागि एकजना चिकित्सक प्रमोद भट्टराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयम्सेवकहरुले सेवा दिएका आयोजकले जनाएको छ ।
निःशुल्क एक्सरेमा स्थानीयबासी, स्कुलका शिक्षक कर्मचारीहरुलगायत अन्य विभिन्न ठाउँंहरुबाट सेवा लिन आएको लायन्स क्लब अफ भक्तपुर नमस्तेका अध्यक्ष रोहन रञ्जितले जानकारी गराउनु भयो । टोलमा क्षयरोग (टी.बी.) को संक्रमणको समस्या विकराल देखिएको आशंकामा सेवा दिन पुगेको उहाँले जनाउनु भयो । परीक्षणपछि शंका लागेकाहरुका लागि खकार संकलन पनि गरिएको थियो । पोजेटिभ देखिए उनीहरुलाई उपचारका लागि रिफर गरी पठाउने जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *