सानुबाबुको दुई एल्बम् सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम् गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बीच विमोचन गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उक्त दुई एल्बम्को विमोचन गर्नु भएको हो । उक्त समारोहमा वरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपाली भाषातर्फ तिम्रो याद एल्बम्मा पाँचवटा गीतहरु समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, संगीतकार राजु सिंह संगीत तथा फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीतदेखि लिएर डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बम्मा समावेश गरिएको छ ।
अनायासै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तैगरी श्रीपुरुष ढकालको शब्द तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बम्मा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको शब्द, संगीत तथा संगीत सयोजन रहेको यस्तै होकि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।
त्यस्तै, नेपाल भाषाको एल्बम नुगः या मिखां मा आठवटा गीतहरु समावेश गरिएको छ । जसमा, सानुबाबु महर्जनको स्वर, शब्द, संगीत र भूपेन्द्र बज्राचार्य संगीत संयोजनमा नग्या मिसा, सानुबाबु महर्जन कै स्वर, शब्द, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको गीत हिँसि दुख मयु पनि एल्बम नुगः या मिखां मा समावेश रहेको छ । हिँसि दुख मयु गीतमा गायक महर्जनलाई गायिका निशा देशारले साथ दिनु भएको छ ।
त्यस्तै दुर्गालाल श्रेष्ठको शब्द तथा सानुबाबु महर्जनको श्वर, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको ख्वमाल ख्वका बोलको गीतका साथै धर्मकृष्ण सिकर्मीको शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा रविक धायको संगीत संयोजन रहेको गीत व स्वःसां वाला, रेखा भाय को शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा सुमन कपालीको संगीत संयोजन रहेको गीत छुं छुं म्हाय, सानुबाबु महर्जनको श्वर, शब्द र संगीत तथा रविक धायको संगीत संयोजन छुं मयु जित, दुर्गालाल श्रेष्ठको शब्द तथा जुगल डंगोल संगीत संयोजन रहेको मां यः मां बोलको गीतलाईपनि उक्त एल्बम्मा समावेश गरिएको छ ।
त्यसैगरी जगमोहन वामीको शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन जिमि कला तरक भिं पनि उक्त एल्बममा समावेश गरिएका गीतहरु हुन् ।
उक्त समारोहमा दुइटा म्यूजिक भिडियोहरु क्रमशः हिसि दुम्ह मयजु र मस्यु जितः छु जु छु जु पनि प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतका कलाकार, निर्देशक, छायाकार तथा प्राविधिकहरुको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
समारोहलाई संचारकर्मी तथा कार्यक्रम संञ्चालक सुरज बज्रचार्यले सहजीकरण गर्नु भएको थियो भने उक्त समारोहमा दुवै एल्बम्मा सहभागी कलाकार, श्रष्टा तथा सर्जकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । दर्शक तथा समर्थकहरुको बाक्लो उपस्थितिमा सम्पन्न गरिएको समारोहको सभापतित्व ज्यापु समाजको प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गर्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *