कमजोर व्यवस्थापनले कमला सडकमा ढिलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बेरुजुको दोश्रो अग्रस्थान ओगट्न सफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व अहिले सुनिल लम्सालले गरेका छन् । पूर्वाधार निर्माणमा महत्वपूर्ण जिम्मेवारी बोकेको यो मन्त्रालय अहिले आइ.आर.एम.पी. कार्यक्रममा जुटेको छ । यसभन्दा अगाडि पोखरा, नेपालगञ्ज, विराटनगर र काठमाडौं गरी चार क्षेत्रका डिभिजन प्रमुख र योजना प्रमुखहरुले आआफ्नो क्षेत्रका सडक निर्माणको अवस्थाबारे आफ्नो धारणा सुनाएका थिए ।
बुधबार प्रशिक्षण तालिम केन्द्रमा सबै योजना र डिभिजन एवं सरोकारवालासँग सडकको वर्तमान अवस्था र आगामी वर्षको कार्यक्रमबारे छलफल भएको जानकारी प्राप्त भएको छ । विगत वर्षहरुमा तारे होटल र रिसोर्टमा हुने गरेको उक्त कार्यक्रम सरकारी हलमा गरिनुलाई सुशासनको नौटंकी भनी चर्चा गरिएको छ । गत वर्ष रिसोर्टमा २५ सय, तीन हजार प्लेटको खाना, मासुका परिकार र उच्चस्तरको विदेशी रक्सी हुने गरेको भुक्तभोगीहरुले बताएका छन् ।
सडक निर्माणमा भैरहेको र हुने गरेको ढिलाइबारे मन्त्री लम्सालले केलाउन नसक्दा यात्रुहरुले सास्ती खेप्न बाध्य भैरहेका छन् । यतिबेला बी.पी. राजमार्ग अन्तर्गतको चौकीडाँडा–बर्खेखोला खण्ड र मुग्लिङ मलेखु सडक निर्माण कार्यका कारण यात्रुहरु मर्कामा परेको बताइएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने सडक खण्ड यो असारसम्म निर्माण हुने भएपछि विगत वर्षहरुमा सास्ती खेपेर घण्टौं जाममा बस्न बाध्यकारी अवस्थाको अब अन्त्य हुने भएको छ । भूतले खाजा खाने समयमा मन्त्री बनेका लम्सालको २ महिना पूरा हुन लाग्दा सडकको भौतिक प्रगति टिठ लाग्दो अवस्थामा छ । बिटुमिनको अभावले कालोपत्रे गर्न ठिक्क पारेका सडकहरु असरल्ल बनेका छन् । यस्तो अवस्थामा कञ्चनपुर–कमला सडक आयोजनाको म्याद चौथो पटक थपेर राज्यलाई तीन अर्बको व्ययभार बढाइने तयारीमा आयोजना जुटेको छ ।
२०७७ असार ११ गते सम्झौता भएको उक्त सडक २०८० कात्तिकभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म ६८ प्रतिशत मात्र भौतिक प्रगतिमा पुगेपछि कमजोर आयोजना व्यवस्थापन भनी चर्चा शुरु भएको छ । चाइना रेल्वे नं. २ इन्जिनियरिङ गु्रपलाई दोषको भारी बोकाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *